वित्तीय साक्षरतामा युवालक्षित कार्यक्रम र डिजिटल बैंकिङ समावेश

वित्तीय साक्षरतामा बैंकले युवा लक्षित कार्यक्रम र डिजिटल बैंकिङ समावेश गर्नुपर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले अब वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल (विद्युतीय) बैकिङ सेवा पनि समावेश गर्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकले जारी गरेको ‘वित्तीय साक्षरता मार्गदर्शन ०७९’ उक्त बैंक तथा वित्तीय संस्थाले वित्तीय सेवाहरुमा युवालक्षित कार्यक्रम र विद्युतीय वित्तीय सेवाहरु पनि समावेश गर्न पाउने व्यवस्था गरेको हो ।

विभिन्न वित्तीय संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवर्द्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढंगले एकीकृत रूपमा अघि बढाउन राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचा ०७९ जारी गरेको बताइएको छ ।

वित्तीय साक्षरताको लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्ने, लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने, वित्तीय साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने, वित्तीय चेतना, ज्ञान र सीपको अभिवृदि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने मागर्दशनको उद्देश्य रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्

संघीय निजामती ऐन संसद्को चालु अधिवेशनबाटै पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा ऐन संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता जनाएका छन् । संघीयता कार्यान्वयनका कामलाई तीव्रता दिनका लागि पनि संघीय निजामती सेवा ऐन पारित गर्नुपर्ने अवस्थामा सरकार रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । 

राष्ट्रिय खेलकुद परिषद्‍ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरू नहुँदा अहिले संविधानले अंगीकार गरेको मर्म र भावना अनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताए ।

'अहिले सरकारको ध्यान संघीय निजामती ऐन बनाउने र अन्य समायोजनसँग सम्बन्धित ऐनहरू पनि बनाएर अगाडि जाने कुरामा दृढ छ । संघीय निजामती ऐन अन्तिम चरणमा छ । मेरो कोसिस छ कि यही अधिवशेनमा यसलाई प्रस्तुत गर्ने र त्यसलाई पारित गरेपछि अहिलेका धेरै अन्योलहरू समाप्त हुन्छन् । एउटा नयाँ गति संघीयता कार्यान्वयनले लिन्छ । हामीले जस्तो सोचेको हो, सिंहदरबारलाई जनताको घरदैलोमा भन्ने जे सोचिएको हो, त्यो चिज कार्यान्वयन हुन सक्छ,’ उनले भने ।

संघीय निजामती सेवा ऐन बन्न नसक्दा कर्मचारी समायोजन लगायतका काम हुन नसकेको प्रधानमन्त्री दाहालले बताएका थिए ।

‘हामी अहिले जसरी तीन तहको सरकारमा छौं । संविधानले मूलभूत रुपमा तिनको क्षेत्राधिकारको बारेमा किटेको छ । तर, त्यस अनुसारको ऐन बन्न नसक्दा संघीय निजामती ऐन, कर्मचारी समायोजनसँग सम्बन्धित सबैभन्दा महत्त्वपूर्ण ऐन हो । त्यस्तै अरु पनि ऐनको व्यवस्था समयमै हुन नसक्दा संघीयता कार्यान्वयनको विषय अघि जसरी उहाँ उठाउनुभयो नि खेलकुद क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा पनि संविधानले अंगीकार गरेको मर्म र भावना अनुसार जान सकेको छैन,' उनले भने ।

प्रकाशित : चैत्र १८, २०७९ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×