कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डीडीसीले बढायो दही, पनिर, चिज र आइसक्रिमको मूल्य

काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दही, पनिर, चिज आइसक्रिम लगायतको मूल्य पनि बढाएको छ । चैत २ गतेदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको डीडीसीले दुग्धजन्य अन्य परिकारको मूल्य पनि बढाएको हो । ‘दूधको खरिद मूल्य प्रतिलिटर १६ प्रतिशतसम्म बढेपछि, त्यसकै अनुपातमा दही, पनिर, चिज लगायतको मूल्य पनि समायोजन गरेका छौं,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने ।

डीडीसीले बढायो दही, पनिर, चिज र आइसक्रिमको मूल्य

कम्पनीका अनुसार आधा लिटरको प्याकेट दहीको मूल्य १० रुपैयाँ बढेर ८५ रुपैयाँ कायम भएको छ । त्यस्तै डब्बाको दही प्रतिलिटर २० रुपैयाँ बढाएर १९० पुर्‍याइएको छ । आधा केजी पनिरको मूल्य प्रतिप्याकेट ७० रुपैयाँ बढेर ५ सय पुगेको छ । कन्चन चिजको मूल्य प्रतिकेजी २२० रुपैयाँ बढाएर १ हजार ६ सय पुर्‍याइएको छ । याक चिजको मूल्य प्रतिकेजी २२० रुपैयाँ बढाएर १ हजार ८ सय ८० रुपैयाँ पुर्‍याइएको छ ।

२०० मिलिलिटर बोत्तलमा पाइने स्वादअनुसारको दूध मूल्य १० बढेर ७५ रुपैयाँ पुगेको छ । कम्पनीले आइसक्रिमको मूल्य ६५ रुपैयाँ बढाएर प्रतिबट्टा ४५५ तोकेको छ । घिउको मूल्य भने हाललाई यथावत राखिएको कम्पनीले जनाएको छ । यसअघि डीडीसीले चैत १ गतेदेखि किसानको दूधमा मूल्य बढाएको थियो । चैत २ गतेदेखि उपभोक्ता मूल्य प्याकेटमै प्रतिलिटर ११ रुपैयाँदेखि १६ रुपैयाँसम्म बढाएको थियो ।


प्रकाशित : चैत्र १०, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?