कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नख्खु– भैंसेपाटी सडक एक महिनाभित्र कालोपत्र हुन्छ : मन्त्री श्रेष्ठ  

काठमाडौँ — नख्खु–भैसेंपाटी सडकको समस्या अब धेरै दिन नरहने उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठले बतएका छन् । काठमाडौं उपत्यकाका नख्खु- भैंसेपाटी, बौद्ध–जोरपाटी, बालाजु–बाइपास लगायत रुग्ण सडकको शुक्रबार अनुगमन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आफू निर्देशन दिएर मात्रै नबस्ने टिप्पणी गरे ।

नख्खु– भैंसेपाटी सडक एक महिनाभित्र कालोपत्र हुन्छ : मन्त्री श्रेष्ठ  

आयोजनाहरूको प्रगतिका बारेमा अनुगमन गरिरहेको उनले बताए । ‘नख्खु–भैसेंपाटी सडकमा पाइप बिछ्याउने काम पूरा भएको छ,’ उनले भने, ‘अब एक महिना भित्र सडक कालेपत्र भइसक्ने छ ।’ श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताए । त्यसका लागि निर्माण व्यवसायीहरुको काममा लगातार अनुगमन गरिरहेको उनको भनाइ छ । ‘निर्माण व्यवसायीहरूलाई बोलाएर देशभरका रुग्ण आयोजनामा निश्चित समयभित्र गुणस्तरीय काम गरी सम्पन्न गर्न निर्देशन दिइसकेको छु,’ श्रेष्ठले भने, ‘त्योअनुसार अनुगमन पनि भएको छ, काममा केही प्रगति पनि भएका छन् । तर, अझै सन्तुष्ट हुन सक्ने स्थिति छैन ।’

उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ । उनले कतिपय सडक निर्माणमा खानेपानी, विद्युत् लगायत अन्य कार्यालयहरूका कारण ढिलाई भइरहेको बताए । निर्माण व्यवसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई छिटो सम्पन्न गर्न आफू प्रयत्नशील रहेको दाबी गरे । कतिपय आयोजनामा अदालतको आदेशका कारण सडकको काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए त्यसमा अनुरोध गरेर अगाडि बढ्न सकिने बताए । सरकारले चाँडै अदालत, अख्तियार, वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने उनले बताए ।


प्रकाशित : चैत्र ३, २०७९ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?