कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

सार्वजनिक निकायमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने

स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादन सूचीकृत गराउनुपर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — सबै मन्त्रालय मातहतका निकाय तथा आयोगले आयोजना गर्ने अतिथि सत्कार एवं चिया–खाजामा अनिवार्य नेपाली उत्पादन प्रयोग गर्नुपर्ने भएको छ । उद्योग मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकार मातहतका निकाय तथा अन्य आयोगलाई अतिथि सत्कार एवं चिया खाजामा नेपाली उत्पादन प्रयोग गर्न भनिएको छ ।

सार्वजनिक निकायमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने

सार्वजनिक निकायले आफ्नो उपयोगका लागि स्टेसनरी, फर्निचर–फिक्चर्स, मेसिनरी औजार जस्ता मालसामान किन्दा उपलब्ध भएसम्म सबै नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभए न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक खरिद नियमावली, ०६४ को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भए तापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै सोही बमोजिम खरिद गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

स्वदेशी माल सामान वा वस्तुको उत्पत्ति प्रमाणपत्रको विवरण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल चेम्बर अफ कमर्स तथा मतहतका निकायले आफ्नो वेबसाइटमा प्रकाशन गर्ने र सार्वजनिक निकायले उक्त विवरणलाई समेत आधार लिई स्पदेशी वस्तु खरिद गर्नुपर्नेछ ।

स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुस २५ मा स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्न सरकारका मुख्य सचिव र सचिवहरूलाई निर्देशन दिएको थियो ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गरी बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादन र उपभोगलाई जोड दिने उल्लेख छ ।

प्रकाशित : फाल्गुन ७, २०७९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×