कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२५

औद्योगिक क्षेत्र व्यवस्थापन र औषधि लिमिटेडमा सरकारले माग्यो महाप्रवन्धक 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सोमबार सूचना प्रकाशित गरी सो पदमा आवेदन माग गरेको हो । सूचना अनुसार महाप्रवन्धक पदका लागि ३५ देखि ६५ वर्षसम्म उमेर भएकाहरुले आवेदन दिन पाउने छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन र औषधि लिमिटेडमा सरकारले माग्यो महाप्रवन्धक 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । त्यस्तै कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने उल्लेख छ ।

नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि जनस्वास्थ, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ । त्यस्तै, कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने उल्लेख छ । आवेदन २१ दिनभित्र दिइसक्नु पर्ने छ । इच्छुक आवेदकले पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना बुझाउनु पर्ने पनि सूचनामा उल्लेख छ ।


प्रकाशित : फाल्गुन १, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×