कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
लुम्बिनीको सामर्थ्य

'बैंकले ब्याजदर कस्दा व्यवसायीहरू पलायन हुने अवस्था आयो'

काठमाडौँ — हालको अर्थतन्त्रले साना देखि ठूला सम्पूर्ण व्यावसायहरु पीडित रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताएका छन् । शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको लुम्बिनीको सार्मथ्य– 'अर्थतन्त्रको अवरोध' सत्रमा भाग लिँदै शर्माले सो हाल अर्थतन्त्र निकै जर्जर अवस्थामा रहेको यसलाई छिटो भन्दा छिटो बाहिर ल्याउनुपर्ने बताएका हुन्।

'बैंकले ब्याजदर कस्दा व्यवसायीहरू पलायन हुने अवस्था आयो'

अर्थतन्त्रको चलायमान हुनको लागि निजी क्षेत्र चलायमान हुनु जरुरी छ । निजी क्षेत्र नभए अर्थतन्त्र नै चलायमान हुन नसक्न भन्दै उनले हाल निजी क्षेत्र समस्यामा परेको बताए ।

‘अर्थतन्त्र चलायमान हुनको लागि निजी क्षेत्र नै चलायमान हुनु जरुरी छ । आज लुम्बिनी प्रदेशको अवस्था के छ त भनेर भन्दा यस क्षेत्रमा साना देखि ठूलासम्मका उद्योगहरुको अवस्था जिरो छ । एक त मूल कुरो बैकिङ समस्या नै हो,’ उनले भने, ‘हुन त कोभिडले हामीलाई हान्यो । तर, त्यसको असर अहिले देखिँदै गएको छ । सरकारले केही राहतका प्याकेजहरु फाले तर त्यो राहतको प्याकेज त्यति दीगो हुन सकेन । हाल हामीलाई कोभिडको असर देखिदै रहँदा सरकार तथा राजनीतितन्त्रमा यही अर्थतन्त्रको बहस हुनुपर्ने थियो तर त्यो हुन सकेन । हामी निकै दुखी छौं।’

हाल मिडियाहरुमा घटना प्रतिघटना निकै आइरहेको र त्यसलाई हेरेर व्यावसायी हतोत्साही हुन नहुने शर्माले बताए । उनले भने, ‘हामी अझ उच्च मनोबलका साथ आग्रह र वार्ता संवाद तथा कार्यक्रमहरुको माध्यमबाट अर्थतन्त्रलाई उठाउने हाम्रो अभियान हो । र हाल हामी कहाँ छौं । अहिले हामीलाई के गर्दिन पर्‍यो ? हाम्रा समस्या के हुन ?’

हाल व्यावसायहरु जिरोमा रहेको हामी परनिर्भरतर्फ केद्रित भएको उनले बताए । ‘हाम्रा उत्पादनहरु छैन । यहाँका थुपै उद्योगहरुछन साना, मझौला र ठूला यसमा ठूला उद्योगहरुको २० प्रतिशत पनि उत्पादन छैन । सिमेन्ट, आइरन, डण्डी उद्योगहरुको उत्पादन २० प्रतिशत पनि उत्पादन छैन,’ उनले भने, ‘योजना आयोगका पूर्व उपाध्याक्ष तथा गर्भनर यही हुनुहुन्छ उहाँहरुले यो मनन गनुपर्ने कुरा छ हामी कहिले सस्टेन हुन सक्छौं त ? एक वर्षलाई हामीलाई सुविधा दिएर हुने हो कि ? तीन वर्षलाई दिएर हुने हो कि ? वा ६ वर्षलाई दिएर हुने हो ? यसमा गम्भिर रिर्सच हुन सकेको छैन राज्य प्राणलीबाट । अघि अर्थमन्त्री आउनुभो जानुभो ।’

५० हजार ५५ हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगले हाल २० हजार मात्रै उत्पादन गरिरहेको अवस्था रहेको बताउँदै उनले भने, ‘१६ सय करोडको उद्योग अब कसरी सस्टेन हुन्छ ? पूर्वाधार विकास बजेट खर्च गर्ने कुराहरु छैन । १४ प्रतिशत तथा १५ प्रतिशत मात्रै बजेट खर्च भएको भन्ने सुनिन्छ । यो त ठूला उद्योगका कुराहरु भए। यसमा साना व्यावसायी जसले २० लाख, ३० लाख रुपैयाँ लिएको ७ प्रतिशत–८ प्रतिशतमा लिएको हाल १६ प्रतिशत, १८ प्रतिशत पुगेको छ । यसमा पनि सस्टेन गर्न सकिने अवस्था पनि भएन ।’

हाल बैंकहरुले व्यवसायीहरुलाई व्याजदरमा कस्न थालेको भन्दै यसमा राष्ट्र बैंकले नियमन गर्नुपर्ने शर्माले बताए । ‘हिजो बैंकले हामीइलाई उकासेको पनि हो । अहिले बैंकले जुन प्रकारले कडाई गरेको छ यसमा हामीले अब राष्ट्र बैंक र गर्भनरज्यू लाई नै भन्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यसमा राष्ट्र बैंकले बैंकहरुलाई कत्तिको मनिटरिङ गर्यो र बैैकहरुले हामीलाई कत्तिको मोनिटरिङ गर्‍यो । अनुत्पादक क्षेत्रमा हाम्रा लगानी भयो भन्ने कुरा पनि हुनसक्छ । एकैपटक सबै कुरालाई कडाई गर्दाखेरी २० लाख, ३० लाख, ४० लाख कर्जा भएका साना व्यावसायीहरु ती व्यावसायीहरुलाई हामीले कसरी उठाउने ?’

प्रकाशित : माघ २१, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?