कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६

लुम्बिनी प्रदेशमा उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौँ — गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशा सञ्चालित उद्योगहरुको क्षमता उपयोग घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगहरुको क्षमता उपयोग ४.५४ प्रतिशत विन्दुले घटेको हो । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग ४.५४ प्रतिशत विन्दुले घटेको हो ।

लुम्बिनी प्रदेशमा उद्योगको क्षमता उपयोग घट्यो

जसअनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग ५८.३७ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ती उद्योगहरुको क्षमता उपयोग ६२.९१ प्रतिशत थियो ।

खासगरी, ड्राई सिरप, बिजुलीका तार र केबुल, सिमेन्ट, चामल, सिन्थेटिक कपडा, औषधिजन्य उत्पादनजस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका उद्योगको औसत क्षमता उपयोगमा केही घटेको राष्ट्र बैंकले गरेको लुम्बिनी प्रदेशमा आर्थिक गतिविधि अध्ययनले देखाएको हो ।

अध्ययनमा समेटिएका उद्योगहरु लुम्बिनी प्रदेशमा मध्ये सबैभन्दा बढी चाउचाउ उद्योगले ९६.९४ प्रतिशत र सबैभन्दा कम ‘ड्राइ सिरप’ औषधि उत्पादन गर्ने उद्योगले ८.३० प्रतिशत क्षमता उपयोग गरेको छ । यसैगरि औषत भन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरुमा कंक्रिट, ट्याबलेट, आल्मुनियम, तोरीको तेल, रोजिन, प्लाईउड, पशुदाना र मदिरा रहेका छन् ।

यस प्रदेशका अध्ययनमा समेटिऐका उद्योगहरुमध्ये यद्यपी ‘ड्राइ सिरप’ औषधि उत्पादन को मात्रा न्यून भएतापनि समीक्षा वर्षमा सो को उत्पादन गत वर्षको तुलनामा सबैभन्दा धेरै १ सय ७.५० प्रतिशतले वृद्धि भएको छ भने सिन्थेटिक कपडा उत्पादन सबैभन्दा धेरै ४५.४९ प्रतिशतले घटेको छ । प्रतिशतको आधारमा न्यून देखिए तापनि यस प्रदेशको उच्च उत्पादन संभाव्यता भएको सिमेन्टको उत्पादन उल्लेख्य मात्रमा घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख औद्योगिक उत्पादनहरुमध्ये कागज उत्पादन ४८.३१ प्रतिशत, रोजिन उत्पादन ३८.८४ प्रतिशत, ट्याब्लेट ३९.१० प्रतिशत, क्याप्सुल उत्पादन ४२.३४ प्रतिशत र लिक्वीड उत्पादन ४५.७७ प्रतिशत, गहुँको पिठो १८.४८ प्रतिशत,

बिजुलीका तार र केबुल १८ प्रतिशतले बढेको छ । यस्तै, चामल उत्पादन २२.०९ प्रतिशत, प्लाष्टिकका सामान उत्पादन १२.९८ प्रतिशत र कंक्रीट उत्पादन ९.०३ प्रतिशत, मदिरा उत्पादन ५.०२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : पुस ३०, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×