कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पायो

काठमाडौँ — प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया पूरा भएको छ । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पायो

उक्त निर्णय अनुसार सम्बन्धित बैंकहरुले मंगलबार नै राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पत्र पाइसकेका छन् । यी बैंकहरु समान सेयर मिलान अनुपात (स्वाप)का आधारमा प्राप्ति हुन लागेका हुन् । जसअनुसार प्रभु बैंकको एक सय कित्ता सेयर बराबर सेन्चुरी बैंकको पनि एक सय कित्ता सेयर कायम हुनेछ ।

प्राप्तिपछि बन्ने नयाँ बैंक ‘प्रभु बैंक’कै नामबाट सञ्चालन हुने छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन नै हुनेछन् भने अध्यक्ष पनि प्रभु बैंककै तर्फबाट हुनेछन् । शेरचन हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । प्राप्तिपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब २३ अर्ब रुपैयाँ हुनेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ ।


प्रकाशित : पुस १९, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×