कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

आयातित फलफूल तथा तरकारीमा विषादी प्रयोग न्यून

६ हजार २ सय २८ नमुना परीक्षणमा जम्मा ६ नमुना खान ‘अयोग्य’

काठमाडौँ — नेपालमा आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा कम देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिकमा विभिन्न कार्यालयबाट गरेको विषादीको अवशेष परीक्षणमा यस्तो देखिएको हो । विभागले कात्तिक १ देखि सात ठाउँबाट जीवनाशक विषादीको अवशेष परीक्षण सुरु गरेको थियो । एक महिना अवधिमा ६ हजार २ सय २८ नमुना परीक्षण गर्दा जम्मा ६ नमुनामा मात्रै बढी विषादी देखिएको विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन् ।

आयातित फलफूल तथा तरकारीमा विषादी प्रयोग न्यून

तरकारीको विषादीमा ३५ प्रतिशतसम्म इनिमेसन रेटलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेँलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेत समेत दिइएको छ । विषादीको मात्रा ३५ प्रतिशत इनिमेसन रेट भन्दा बढी हुनु हुँदैन । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य मानिए पनि केही समय भण्डारणमा राखी इनिमेसन रेट कम गरी खान मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत अखाद्य मानिन्छ ।

‘६ हजार बढी नमुना परिक्षण गर्दा २ वटा नमुनामा इनिमेसन रेट ३५ देखि ४० प्रतिशत र ६ नमुनामा ४५ प्रतिशत बढी देखियो,’ उनले भनिन् । यसअघि आयातित तरकारी तथा फलफूल केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण हुन्थ्यो । पछिल्लो समय खाद्यले पनि परीक्षण गरिरहेको छ।

खाद्यका अनुसार नेपालगन्ज कार्यालयबाट ११ सय २३ नमुना परीक्षण गर्दा २ नमुनामा विषादीको मात्रा ४५ प्रतिशत बढी देखिएको छ । भैरहवा कार्यालयबाट ३ हजार २६, जलेश्वरबाट ४ सय ४७, धनगढीबाट ४ सय २६, विराटनगरबाट २ सय २०, वीरगन्जबाट ५ सय ३१ नमुना परीक्षण भएको थियो । ती नाकाबाट भित्रिएको तरकारीमा विषादीको अवशेष कम नै देखिएको विभागले जनाएको छ । झापामा ४ सय ५५ नमुना परीक्षण गर्दा २ नमुनामा पहिलो र ४ नमुना रातो नम्बरमा परेको विभागले जनाएको छ । आयातित तरकारी सबैभन्दा धेरै कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिन्छ । तर, आयातित तरकारीमा विषादीको मात्रा प्रभावकारी रुपमा परीक्षण हुने गरेको छैन ।


प्रकाशित : मंसिर २७, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×