कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सेयर बजार पछिल्लो १७ महिनाकै न्यून बिन्दुमा

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से १७ महिनायताकै न्यून बिन्दुमा झरेको छ । मंगलबार थप ३५ अंक घटेसँगै नेप्से २०७७ पुस १९ यताकै न्यून बिन्दुमा कायम भएको हो । आज मंगलबार ३५.५३ अंक घटेर नेप्से २१३७ अंकमा कायम भएको छ । कुल १ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

सेयर बजार पछिल्लो १७ महिनाकै न्यून बिन्दुमा

बैंकिङ २९, विकास बैंक ५४, फाइनान्स २४, होटल तथा पर्यटन ३४, जलविद्युत् ३०, जीवन बीमा ७१, उत्पादन ८०, लघुवित्त ७४, निर्जीवन बीमा २३६, अन्य २६ र ब्यापार उपसमूह ३३ अंक घटे । कुल १५ कम्पनीको मूल्य बढ्यो भने १७५ को घट्यो, ५ को स्थिर रह्यो ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । आज पनि इन्भेष्टमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेको छ । सो कम्पनीको मूल्य घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा झरे पनि बिक्री गर्न चाहने धेरैले बेच्न पाएनन् । दैनिक कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतभन्दा धेरैले घटबढ हुन नपाउने व्यवस्था छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नागरिक लगानी कोष क्रमश: अगाडि रहे ।


प्रकाशित : जेष्ठ १७, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×