कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिजुली कटौती समस्याले उद्योगी हैरान 

काठमाडौँ — वर्षायाम लागेर बिजुली उत्पादन बढ्न थाले पनि उद्योगहरुले पूर्ण रुपमा बिजुली प्राप्त नगरेको गुनासो गरेका छन् । तराई क्षेत्रमा सञ्चालित उद्योगमा पर्याप्त बिजुली नपाएको र ट्रिपिङको समस्या निकै बढेको उद्योगीहरुको भनाइ छ ।

बिजुली कटौती समस्याले उद्योगी हैरान 

नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली बिक्रीको ग्राफ बढाउँदै लगेपनि घरायसी उद्योगहरुमा भने ट्रिपिङ तथा कटौतीको समस्या परेको उद्योगीहरुको गुनासो छ । वर्षायाम सुरु भएसँगै प्राधिकरणले नेपालमा बिजुली खपत नभएको भन्दै भारत बिक्री गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २७ सय मेगावाट पुगेको छ । हाल उत्पादन भने करिब २२ सय मेगावाट पुगेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले दैनिक ३५० देखि ४०० मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । तर देशका उद्योगहरुमा ट्रिपिङ, लो–भोल्टेज, कटौती लगायतका समस्या परेको उद्योग संघ मोरङका अध्यक्ष नवीन रिजालले बताए । ‘पानी पर्‍यो भने प्राधिकरणले लाइन दिने नत्र नदिने गरेको छ’ उनले भने ‘यसले उद्योग मोरङका उद्योग निकै संकटमा छन् ।’ भारतलाई बिजुली बेचेर प्राधिकरणले नाफा बढाएको तर स्वदेशी उद्योग भने विद्युत् नपाएर सञ्चालन हुन नसक्दा घाटामा गएको उनले आरोप लगाए ।

अनियमितता अपर्याप्तता एवम् निर्धारित विद्युत् आपूर्तिबाट सिर्जित समस्याका कारण उद्योगहरु धरासायी अवस्थामा पुगेको रिजालको भनाइ छ । जडित क्षमता २७ सय मेगावाट पुगे पनि करिब १९ सयको हाराहारीमा रहेको स्वदेशी माग समेत प्राधिकरणले पूरा गर्न नसेकेको रिजालको आरोप छ । बिजुली कटौतीको समस्याका लागि प्राधिकरण कार्यकारी निर्देशक घिसिङले कुनै चासो नदिएको उनको आरोप छ । ‘बिजुली माग्दा हामीले राजनीति गरेको आरोप लगाउँछन्’ उनले भने ‘उद्योगमा बिजुली चाहियो समेत भन्न नपाइने ?’

लुम्बिनी प्रदेशका उद्योगमा पनि अझै बिजुली कटौती तथा ट्रिपिङको समस्यामा परेको बताएका छन् । चितवन, बुटवल भैरहवा लगायतका स्थानमा रहेका उद्योगमा बिजुली कटौतीको समस्यामा रहेको उद्योगीहरु बताउँछन् । सुनवल खैरेनीमा रहेको उद्योगमा बिजुली कटौतीले ठूलो समस्या पारेको सौरभ ग्रुपका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले बताए । ‘दिनमा १०/१२ पटक ट्रिपिङको समस्या हुन्छ । नियमित आयो भने चार घण्टा पनि टिक्दैन’ उनले भने ‘वितरण केन्द्रमा गएर भन्दा माथिबाट बिजुली आएको छैन भन्ने जवाफ आउँछ ।’ एकपटक ट्रिपिङ भएपछि पुनः बत्ती आउन ३०/४० मिनेट लाग्ने गरेको न्यौपानेले बताए ।


प्रकाशित : असार १८, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?