१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

चुनावपछि बैंकहरूमा बढ्न थाल्यो निक्षेप 

काठमाडौँ — स्थानीय तहको चुनावपछि बैंकहरुको निक्षेप संकलनमा केही सुधार देखिएको छ । चुनावपछिको दुई सातामा वाणिज्य बैंकहरुमा १३ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म आउँदा ४३ खर्ब ८३ अर्ब पुगेको छ ।

चुनावपछि बैंकहरूमा बढ्न थाल्यो निक्षेप 

चुनाव सकिएपछिको पहिलो साता निक्षेप ७ अर्ब बढेको थियो । आर्थिक वर्षको करिब अन्त्यतिर आउँदा सरकारी खर्च समेत बढेकाले बैंकको निक्षेपमा सुधार आएको हो । त्यस्तै बैंकहरुको कर्जा पनि सामान्य बढेको छ । एसोसिएसनको तथ्यांकअनुसार जेठको दुई सातामा ७ अर्ब थप कर्जा प्रवाह भएको छ । वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाा कर्जा प्रवाह भएकोमा जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब पुगेको छ ।

निक्षेपमा सामान्य सुधार देखिए पनि बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्थामा भने छैनन् । अहिले पनि एक दर्जनभन्दा धेरै बैंकको निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि छ । ती बैंकलाई असार मसान्तसम्म सीडी रेसियोलाई ९० प्रतिशतमा झार्नुपर्ने बाध्यता छ । यस्तो रेसियो ९० भन्दा माथि रहेसम्म बैंकले कर्जा प्रवाह गर्न नसक्ने अवस्थालाई जनाउँछ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?