कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

नाडा अध्यक्षमा थापा विजयी 

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहिबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार ६६ मत अन्तरले थापा विजयी भएका हुन् । थपाले १४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १३४७ मत ल्याएका थिए ।

नाडा अध्यक्षमा थापा विजयी 

दुई वर्ष उपाध्यक्ष भएर काम गरी सकेका थापा यसअघि कार्य समिति सदस्य र चौधरी उपाध्यक्ष थिए । आगामी दुई वर्षे कार्यकालका लागि थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

१७ सदस्यमा चौधरी प्यानलबाट १२ र थापा प्यानलबाट ५ जना सदस्य विजयी भएका छन् । थापा प्यानलबाट विजयी हुनेमा आकाश गोल्छा (१३३९) ,यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), निराकर श्रेष्ठ (१३६४), प्रदीपमान प्रधान (१३४६) रहेका छन् । त्यस्तै, चौधरी प्यानलबाट अनुपकुमार बराल (१४६३), सुरेन्द्रकुमार उप्रेती (१४३२), विक्रम सिंघानिया (१३७१),राजनबाबु श्रेष्ठ (१४५७), अभिक ज्योति (१३८३), मिलनबाबु मल्ल (१४६५), नीलमणि पाठक (१३५४), पंकज अग्रवाल (१३३४), सुनिल रिजाल (१४०२), वरदान बस्नेत (१३५०), प्रकाश कपुरी (१३७९) र गोपाल भट्टराई (१३६५) छन् ।

नयाँ नेतृत्वका लागि बिहिबार बिहान मतदान भएको थियो । निर्वाचन समितिका अनुसार कुल ३१ सय मतदाता मध्ये २७ सय मत खसेको थियो ।

प्रकाशित : मंसिर २४, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×