कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से ५ अंक बढ्यो, पौने ३ अर्बको कारोबार 

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से ५.२८ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २६३३ अंकमा पुगेको छ । कारोबार रकममा भने कमी आएको छ । २ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार ३ अर्ब ८ करोडको कारोबार भएको थियो । 

नेप्से ५ अंक बढ्यो, पौने ३ अर्बको कारोबार 

बैंकिङ १, ब्यापार ११, विकास बैंक ७, जलविद्युत ७, फाइनान्स ६, उत्पादन ५४ र अन्य उपसमूह १९ अंकले बढे । होटल तथा पर्यटन १७, निर्जीवन बीमा २२, माइक्रोफाइनान्स ५ र जीवन बीमा उपसमूह ४ अंकले घटे । कुल ९१ कम्पनीको मूल्य बढेको छ भने ८७ कम्पनीको घट्यो । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।

दुई कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । सामलिङ पावर, न्यादी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले बढ्यो । हालै सूचीकृत यी कम्पनीको मूल्य क्रमश: प्रतिकित्ता ४६१.४० र ३७५.६० रुपैयाँ पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.३ प्रतिशतले बढ्यो । त्यस्तै आइसिएफसी फाइनान्सको मूल्य ५.६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधरमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । सो कम्पनीको १४ करोड ५३ लाख रुपैयाँको कारोबार भयो । बजारको पुँजीकरण ३७ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ ।


प्रकाशित : मंसिर १५, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?