कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब आयातमा डीएपी र डीएएको सीमा ५० हजार डलर, चाँदीमा झन् कडाइ

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आयातको भुक्तानीमा कडाइ गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक समीक्षालाई कार्यान्वयन गर्न जारी गरिएको निर्देशनले 'डकुमेन्ट अगनेस्ट पेमेन्ट' (डीएपी)को अधिकतम सीमा र 'डकुमेन्ट अगनेस्ट एसेप्टेन्स' (डीएए)को अधिकतम सीमालाई ५० हजार डलर कायम गरेको छ । यसअघि १ लाख डलरसम्मको व्यवस्था थियो । 

अब आयातमा डीएपी र डीएएको सीमा ५० हजार डलर, चाँदीमा झन् कडाइ

डीएपी तथा डीएएको नयाँ व्यवस्थाअनुसार अब एक पटकमा अमेरिकी डलर ५० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा मात्रै आयातित मालसामानको भुक्तानी गर्न पाइने छ ।

त्यस्तै चाँदी आयातको भुक्तानीमा पनि कडाइ गरिएको छ । अब चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ३५ हजारसम्म वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गरिने भएको छ । यसले चाँदी आयातमै नियन्त्रण गर्नेछ । ‘यसअघि चाँदी आयातका लागि कुनै सीमा थिएन, अब ३५ हजार डलरसम्मको सीमा हुने भयो’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने ।


प्रकाशित : मंसिर १३, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?