२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

परिसूचकसँगै घट्यो कारोबार, दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक २१.५१ ले घटेर २६२९ अंकमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झण्डै २ अर्बले घटेको छ । आइतबार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्बमा खुम्चियो । 

परिसूचकसँगै घट्यो कारोबार, दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

जलविद्युत र म्युचुअल फण्ड उपसमूह १ अंकमुनि हरियो रहे भने अरु सबै घटेका छन् । बैंकिङ १०, ब्यापार ५, होटल तथा पर्यटन ७३, विकास बैंक ६७, फाइनान्स ३२, निर्जीवन बीमा ७६, उत्पादन ६१, अन्य ४१, माइक्रोफाइनान्स ४० र जीवन बीमा उपसमूह ११७ अंकले घटे ।

६० कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो । ६ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बजारमा हालै सूचीकृत भएको न्यादी हाइड्रोपावर र सामलिङ पावरको मूल्य १० प्रतिशतले बढेको हो । सो वृद्धिपछि न्यादीको सेयर मूल्य प्रतिकित्ता ३१०.५० र सामलिङको ३८१.४० पुगेको छ । आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतले घट्यो । त्यस्तै चन्द्रागिरि हिल्सको मूल्य ५.२ प्रतिशतले घट्यो ।



प्रकाशित : मंसिर १३, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?