कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालाजी बेभरेजको पानी दुषित, वाणिज्य विभागद्वारा २० हजार जरिवाना

काठमाडौँ — बालाजी बेभरेज कम्पनीको ‘अक्वा च्वाइस’ नामको पानी दुषित भेटिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुमनमा बुढानिलण्ठमा रहेको उक्त कम्पनीले मुलको पानी जस्ताको त्यस्तै भरेर बजार पठाउने गरेको तथा सरसफाइमा ध्यान नदिएको फेला परेको  हो ।

बालाजी बेभरेजको पानी दुषित, वाणिज्य विभागद्वारा २० हजार जरिवाना

‘अनुगमनको क्रममा कम्पनी परिसरमा फोहोर भेटियो, सरसफाइमा ध्यान दिएको देखिएन । मुलको पानी जस्ताको त्यस्तै भरेर ल्याउने गरेको भेटियो, जारमा प्रशोधित भनिए पनि प्रशोधन गरेको पाइएन’ विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेलले भने, ‘पानी खानलाई सुरक्षित थिएन ।’

सरसफाइमा लापरवाही गरेपछि उक्त बेभरेजलाई २० हजार रुपैयाँ जरिवाना गरिएको उनले बताए । उपभोक्ता संरक्षण ऐनको दफा ३८ को (घ) ३९, १ (क) बमोजिम तत्काल आर्थिक जरिवाना गरिएको उनले बताए । विभागका अनुसार यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि उक्त बेभरेजमा अनुगमन गरेको थियो ।

त्यसक्रममा सरसफाइमा ध्यान नदिएको, जारको 'क्याप' नलगाएको लगायत आधा दर्जन बढी कैफियत निकालेको थियो । ‘कैफियत भेटिएपछि सुधार नगरेसम्म शिलबन्दी गरेका थियौँ । झण्डै एक महिना शिलबन्दी भएको थियो,’ खाद्य विभागका वरिष्ठ शाखा अधिकृत किशोर खत्रीले भने, ‘अहिले फेरि समस्या भएको उजुरी परेको छ ।’

प्रकाशित : मंसिर १२, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?