कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौद्रिक समीक्षापछि सेयर बजारमा भारी अंकको गिरावट, सबै उपसमूह राताम्मे

काठमाडौँ — मौद्रिक समीक्षापछि आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत राखेपछि आइतबार बजारमा ८०.२९ अंकको गिरावट आएको हो ।

मौद्रिक समीक्षापछि सेयर बजारमा भारी अंकको गिरावट, सबै उपसमूह राताम्मे

यसअघि मौद्रिक नीतिले एक बैंकबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । समीक्षामार्फत यो व्यवस्थाको दायरा बढाइने धेरैको अनुमान थियो । परिसूचकमा भारी गिरावट आए पनि कारोबार रकम केही बढेको छ । ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ३४, ब्यापार १५९, होटल तथा पर्यटन १४७, विकास बैंक २६७, जलविद्युत १३२, फाइनान्स ६८, निर्जीवन बीमा ३८५, उत्पादन १९२, अन्य ६८, माइक्रोफाइनान्स १३९ र जीवन बीमा उपसमूह ५३८ अंकले घटे । १८२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मात्रै बढेको छ ।

आइसिएफसी फाइनान्सको मूल्य भने ९.७ प्रतिशतले बढ्यो । सामलिङ पावरको मूल्य ८ प्रतिशतले बढ्यो ।हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ८.४ प्रतिशतले घट्यो । मानुसी लघुवित्तको ८, प्राइम लाइफ इन्स्योरेन्सको ७.३ प्रतिशतले मूल्य घट्यो । कारोबारका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको २८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।



प्रकाशित : मंसिर १२, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?