कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य उकालो लाग्यो, चाँदी घट्यो  

काठमाडौँ — दक्षिण अफ्रिकाबाट कोरोना भाइरसनको नयाँ भेरियन्ट ओमिक्रोन फैलन थालेपछि सुनको मूल्य फेरि उकालो लागेको छ । मंसिर २ गते प्रतितोला ९४ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य गत शुक्रबारसम्म घटेर ९१ हजार ९ सय रुपैयाँमा झरेको थियो ।

सुनको मूल्य उकालो लाग्यो, चाँदी घट्यो  

आइतबार तोलामा २ सय रुपैयाँले सुन महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२१० मा कायम भएको छ ।


प्रकाशित : मंसिर १२, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?