२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

विद्युत् प्रसारण लाइन आधुनिकीकरणका लागि एडीबीसँग ७ अर्ब ऋण सम्झौता

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणाली आधुनिकीकरणका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । एडीबीले ७ अर्ब ८ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।

विद्युत् प्रसारण लाइन आधुनिकीकरणका लागि एडीबीसँग ७ अर्ब ऋण सम्झौता

अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक आर्नड कौकोइसले शुक्रबार उक्त ऋण सम्झौतामा हस्ताक्षर गरे । यो ऋण रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् परिचालन हुनेछ ।

एडीबीले यसअघि पनि नेपालको जलविद्युत् क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानी गर्दै आएको छ । वितरण प्रणाली आधुनिकीकरण गर्ने उद्देश्यअनुसार एडीबीले नेपाल विद्युत् प्राधिकरणलाई स्मार्ट मिटर परियोजना कार्यान्वयन गर्नका लागि पनि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । त्यस्तै उत्पादन आयोजनामा पनि एडीबीमार्फत् नेपालले ऋण लिएको छ ।


प्रकाशित : मंसिर १०, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?