कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघुवित्तलाई मर्जरमा प्रोत्साहन, शहरी क्षेत्रमा केन्द्रीय कार्यालय खोल्न पाइने

काठमाडौँ — लघुवित्त वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिसनका लागि प्रोत्साहन गर्न राष्ट्र बैंकले थप सुविधा दिने नीति ल्याएको छ । नयाँ व्यवस्था अनुसार मर्जर तथा एक्वीजिसनमा जाने संस्थाले एक पटकका लागि काठमाडौं उपत्यका बाहेकको पायक पर्ने स्थानमा केन्द्रीय कार्यालय खोल्न/स्थानान्तरण गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गर्नेछ ।

लघुवित्तलाई मर्जरमा प्रोत्साहन, शहरी क्षेत्रमा केन्द्रीय कार्यालय खोल्न पाइने

मर्जर तथा एक्विजिसनमा जाने संस्थाले एकल ग्राहक सीमा कायम गर्न पनि तीन वर्षसम्मको समय पाएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभिई वा प्राप्ति भएको कारणले उक्त संस्थालाई थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाको एकल ग्राहक सीमा नाघ्न गएमा गाभिई वा प्राप्तिपछि बनेको लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गरेको मितिले ३ वर्षभित्र त्यस्तो कर्जा तोकिएको सीमाभित्र ल्याई सक्नुपर्ने सुविधा राष्ट्र बैंकले गरेको छ । लघुवित्त वित्तीय संस्थाका लागि यसअघि यस्तो व्यवस्था थिएन ।


प्रकाशित : मंसिर ८, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?