कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा मह उत्पादन घट्यो

रासस

जाजरकोट — नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गत वर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए । यस वर्ष ५० धार्नी पनि मह उत्पादन नहुँदा उनी अहिले निराश देखिएका छन् ।

जाजरकोटमा मह उत्पादन घट्यो

सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यस वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दैआएका उनी आम्दानी घटेपछि अहिले निराश छन् ।

बुढा र पुन: त उदाहरण मात्रै हुन् । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरीपालन गर्दैआएका किसान मह उत्पादन घटेको बताउँछन् ।

गत असोज कात्तिक महिनामा भएको वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउँदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताए ।

मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दैगएको उनको भनाइ थियो । विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण मानिन्छ ।

गत वर्ष प्रतिधार्नी १ हजार ५ सय मूल्य पर्ने मह यो वर्ष २ हजार ५ सयदेखि ३ हजारसम्म पुगेको छ । उत्पादन घट्दा मूल्यवृद्धि भएको बताइन्छ । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसानहरू यस वर्ष निराश बनेको बताउँछन् ।

प्रकाशित : मंसिर ६, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?