कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीमा सर्भेयरको तालिममा ‘खेताला सर्भेयर’ सहभागी, समितिद्वारा कारबाही

काठमाडौँ — बीमा सर्भेयरको तालिममा एक व्यक्तिको नाममा अर्कै व्यक्ति (खेताला सर्भेयर) सहभागी भएको खुलेको छ । बीमा समितिले कात्तिक ११ देखि १५ गतेसम्म सञ्चालन गरेको सर्भेयरको तालिममा २ जना अर्कै व्यक्ति सहभागी भएको भेटिएको हो ।

बीमा सर्भेयरको तालिममा ‘खेताला सर्भेयर’ सहभागी, समितिद्वारा कारबाही

समितिका अनुसार सर्भेयरको आधारभुत तालिममा सहभागी हुन पर्सा जिल्लाको वीरगञ्ज १६, निवासी सौरभ राज विष्टले आवेदन दिएका थिए । तर, तालिममा उनको नाममा काठमाडौं महानगरपालिका ३२ निवासी सुसन श्रेष्ठ सहभागी भएका थिए ।यस्तै, सोही तालिमका लागि आवेदन दिएका कास्की जिल्ला हंशपुर ४ का शिशिर सुवेदीका नाममा दार्चुला जिल्ला अपी ९ निवासी हेमराज भट्ट सहभागी भएका थिए ।

यसरी अनाधिकृत रुपमा एउटाको नाममा अर्को व्यक्ति सहभागी भएपछि समितिले चारै जनालाई आगामी पाँच वर्षसम्म बीमा समितिबाट सञ्चालन हुने सर्भेयर वा अन्य पेशागत तालिममा सहभागी हुन रोक लगाएको छ ।


प्रकाशित : मंसिर ६, २०७८ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?