कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातामा १० अर्बले निक्षेप बढ्यो, थप ७ अर्ब कर्जा विस्तार

काठमाडौँ — अघिल्ला चार साता लगातार रुपमा घटेको वाणिज्य बैंकहरुको निक्षेप गत साता १० अर्ब रुपैयाँले बढेको छ । गत असोज मसान्तदेखि कात्तिक २६ सम्म निक्षेप करिब ४५ अर्ब रुपैयाँले घटेको थियो । तर, कात्तिक अन्तिम साता भने यस्तो निक्षेप करिब १० अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

सातामा १० अर्बले निक्षेप बढ्यो, थप ७ अर्ब कर्जा विस्तार

उक्त अवधिमा दसैं तिहारमा वित्तीय प्रणालीबाट बाहिरिएको पैसा भित्रिएको र केही मात्रामा सरकारी खर्च पनि बढेकाले निक्षेपमा सुधार देखिएको बताएको छ ।

राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ छ । कात्तिक तेस्रो साता यस्तो निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ थियो ।

यस्तै, गत साता वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने करिब ७ अर्ब रुपैयाँले बढेको छ । तरलता अभाव रहेकाले नयाँ कर्जा प्रवाह रोकिएको भनिएपनि तथ्यांकले बैंकहरुले कर्जा लगानी रोकिएको देखाउँदैन । हरेक साता कर्जा प्रवाह बढिरहेकाले यस्तो देखिएको हो । जसअनुसार गत असोज मसान्तदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३६ अर्ब रुपैयाँले बढेको छ ।

जसअनुसार गत असोज अन्तिम साता वाणिज्य बैंकहरुको कुल कर्जा तथा सापटी ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो । गत कात्तिक अन्तिम सातासम्म आइपुग्दा यस्तो कर्जा लगानी बढेर ४० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित : मंसिर ४, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?