कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अमेरिकन चेम्बर अफ कमर्स नेपालको घोषणा

काठमाडौँ —  दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उप–सहायक विदेशमन्त्री केल्ली किडरलिङले नेपालमा पहिलो अमेरिकन चेम्बर अफ कमर्स सुरुआतको घोषणा गरेका छन् । उनीहरुले नेपालमा रहेका अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने व्यापारिक अगुवाहरूसँग भेटघाट गर्दै अमेरिकन चेम्बर अफ कमर्स नेपालको सुरुआत गरेका हुन् । 

अमेरिकन चेम्बर अफ कमर्स नेपालको घोषणा

अमेरिकन चेम्बर अफ कमर्स नेपालका १३ प्रारम्भिक संस्थापक सदस्यहरूको घोषणा गरिएको छ । अजित शाह, निर्मल श्रेष्ठ, अतुल्य रिसाल, कैलाश बियानन्द, आकाश गोल्छा, राज शाह, जयदिन श्रेष्ठ, मङ्गेश श्रेष्ठ, ओस्कर बतास, असीम सिंह, सञ्जय गोल्छा, साकार पुडासैनी र सेमन्त दाहाल सदस्य छन् ।

संस्थापक सदस्यहरूले ह्यात रिजेन्सीमा भएको कार्यक्रममा आफ्ना विचार तथा आकांक्षाहरू एकआपसमा आदान–प्रदान गरेको अमेरिकी राजदुतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


प्रकाशित : मंसिर ३, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×