कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

काठमाडौंमा हस्तकला व्यापार मेला, करको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

काठमाडौँ — काठमाडौंमा १८ औं हस्तकला व्यापार मेला सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा बौद्धस्थित होटल हायात रिजेन्सीमा मेला सुरु भएको हो । आइतबारसम्म चल्ने मेलाको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । 

काठमाडौंमा हस्तकला व्यापार मेला, करको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 


सो अवसरमा देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने बताए । देउवाले भने ‘हस्तकलालाई अझ विकास गर्न सक्यौं, कहिलेकाहीं आधुनिक फेशनसँग मिल्ने पनि बनाउनुपर्ने हुन्छ । त्यसकारण फेशनसँग म्याच खाने कपडाहरु बनाउन सक्नुभयो भने त्यसले आकर्षण बढ्नेछ । ट्याक्ससम्बन्धी समस्याहरु छन्, त्यसलाई हामी निराकरण गर्दै सहजीकरण गर्ने विश्वास दिलाउँछौं ।’

हस्तकलामा कोरिएका चित्र, मुर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकोले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई देउवाले आग्रह गरे । यस्तै कार्यक्रममा संस्कृति, पर्यटन तथ नागरिक उड्ययन मन्त्री प्रेम आलेले देशको धर्म संस्कृति पहिचान नै हस्तकला भएको बताउँदै वार्षिक करिब सात अर्बको हस्तकला व्यापार हुने गरेको बताए ।

महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सिर्जनाको साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताए । सरकारले हस्तकलाको विकास, संरक्षण र प्रोत्साहन गर्न सरकारी कार्यलयमा स्वदेशी उत्पादित वस्तुको प्रयोग हुनेगरी खरिद ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए । मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहेको उनले जानकारी दिए ।

यसैबीच मेलामा उत्कृष्ट व्यवसायीहरु पद्म रत्नधाख्वा, गोपी प्रसाद कँडेल, प्रदिप थापा, जेम्स श्रेष्ठ, संगम श्रेष्ठ, सोनुस केसी, खगेन्द्र गजमेर, निम्दिकी शेर्पा, गोबिन्द टण्डन, एकदेव अर्याल, चन्द्र बहादुर थापा, नरेशलाल श्रेष्ठ, मेहेश्वर श्रेष्ठ, रविन श्रेष्ठ, कुवेर सापकोटा, नन्द बज्राचार्य लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

प्रकाशित : मंसिर ३, २०७८ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×