१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चुनिएका छन् । संघको शनिबार राति सम्पन्न दुई दिने ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर स्वत: अध्यक्षमा चुनिएका हुन् । निवर्तनमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने संघको प्रावधान अनुसार मानन्धर अध्यक्ष चुनिएका हुन् । 

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँ धौबन्जा निर्वाचित भएकी छन् । प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित गरी रोशनीमैयााँ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन् । साथै संघको उपाध्यक्ष (साधारण) तर्फ कृष्णमुरारी न्यौपाने निर्वाचित भएका छन् । प्रतिस्पर्धी राजन श्रेष्ठलाई पराजित गरी न्यौपाने साधारणतर्फको उपाध्यक्ष निर्वाचित हुन सफल भएका हुन् । यी दुई वटा पद बाहेकका अन्य सवै पदहरुमा सहमति अनुसार सर्वसम्मत रुपमा चुनिएका थिए ।

यसअघि उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियटतर्फ) गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत भएका छन् । साथै सदस्यहरुतर्फ अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गोकर्ण न्यौपाने, गौतम सुजखू, नविन प्रजापति, नरेश सुकुपायो, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानाबासु (राजु) र रुकेश रञ्जित सर्वसम्मत रुपमा चुनिएका छन् ।

सदस्य (वस्तुगततर्फ) श्यामप्रसाद मानन्धर, सदस्यहरु (एसोसियटतर्फ) जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ्ग लामा सर्वसम्मत रुपमा चुनिएका छन् । साथसाथै कार्यसमिति सदस्य (महिलातर्फ) आस्था शाख र श्रीया बल्ल सर्वसम्मत रुपमा चुनिएका छन् । यसअघि साधारणसभा तथा अधिवेशनको उदघाटन शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।


प्रकाशित : कार्तिक २८, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?