कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी 

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा सुनिल केसी नियूक्त भएका छन् । एसोसिएसनको साधारणसभाले केसीलाई निर्विरोध उपाध्यक्षमा नियूक्त गरेको हो । 

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी 

अध्यक्षका लागि निवर्तमान उपाध्यक्ष अनिल उपाध्यायको एक मात्रै उमेदवारी दर्ता भएसँगै उनी स्वत: अध्यक्ष भएका छन् । भुवन दाहालको दुई वर्षे कार्यकाल पुरा भएपछि अध्यक्ष पदका लागि उपाध्यायको एकमात्र उमेद्वारी परेको थियो । उपाध्याय कृषि विकास बैंकका सिइओ हुन् । त्यस्तै उपाध्यक्षमा नियूक्त भएका केसी एनएमबि बैंकका सिइओ हुन् ।

त्यस्तै बैंकर्स संघको सदस्यहरुमा लक्ष्मी बैंकका सिइओ अजयविक्रम शाह, मेगा बैंककी सिइओ अनुपमा खुन्जेली, एसबिआईका दिपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसियाका रोशनकुमार न्यौपाने, माछापुच्छ्रेका सन्तोष कोइराला, सनराइजका सुमन कोइराला छनौट भएका छन् ।

संघको सल्लाहकारमा अनिलकेशरी शाह (नबिल बैंक), अशोक राणा (हिमालयन बैंक) र ज्ञानेन्द्रबहादुर ढुंगाना (नेपाल बंगलादेश बैंक) रहने छन् ।



प्रकाशित : कार्तिक २३, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×