२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

भन्सार छलेर ल्याइएको सामान बरामद

माधव ढुंगाना

भैरहवा — भन्सार राजस्व छलेर नेपाल भित्र्याइएको दुईवटा गाडीसहितका ठूलो परिमाणको सामान रुपन्देही प्रहरीले बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएको सामान बरामद

गाडीसहित बरामद गरिएको सामानको मूल्य ५१ लाख रुपैयाँभन्दा धेरै रहेको प्रहरीले जनाएको छ । सामानको साथमा दुई जना चालक पनि पक्राउ परेका छन् ।

बुधबार बिहान चार बजे बुटवल उपमहानगरपालिका–१, तिनाउ पुलबाट ती गाडीसहितको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ती सामान कपिलवस्तुका विभिन्न नाका हुँदै बुटवल ल्याइएको प्रहरीको अनुमान छ । गाडी चालक रुपन्देहीको सैनामैना नगरपालिका–२ बस्ने ४० वर्षका तुलसी थारु र उक्त स्थानकै ४० वर्षीय मिनप्रसाद भण्डारी पक्राउ परेका छन् । लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडीमा भन्सार छलेका अवैध सामान रहेको डीएसपी थापाले बताए ।

डीएसपी थापाका अनुसार दुईवटा पिकअप भ्यानमा गरी लिपगार्ड ६० हजार पिस, २ सय ३६ पिस उनी कुर्था सुरुवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको हो । यसको कुल मूल्य ५१ लाख ४८ हजार ५ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार पनि जिल्लाका विभिन्न स्थानबाट २ लाख रुपैयाँभन्दा धेरै मूल्यको लत्ताकपडा, चिनी, जुत्ता, कुर्तासुरुवाल बरामद गरेको थियो । बरामद गरिएका गाडीसहितका सामान र चालक थप अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सारमा पठाइएको छ ।

प्रकाशित : कार्तिक १७, २०७८ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x