कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

कोरोना बीमा भुक्तानी नदिने कम्पनीलाई अदालतको कारण देखाऊ आदेश

रूपा गहतराज

नेपालगन्ज — उच्च अदालत तुलसीपुर नेपालगञ्‍जको इजलासले कोरोना बीमा भुक्तानी नदिने बीमा कम्पनीलाई १५ दिने कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश ध्रुवराज चन्दको एकल इजलाशले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगञ्‍जका २० बीमा कम्पनीलाई मंगलबार कारण देखाऊ आदेश जारी गरेको हो ।

कोरोना बीमा भुक्तानी नदिने कम्पनीलाई अदालतको कारण देखाऊ आदेश

बीमा कम्पनीहरूले २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोकेको भए पनि भुक्तानी नदिएपछि नेपालगञ्‍जका ७ जना अधिवक्ता र अधिकारकर्मीहरूले सार्वजनिक सरोकारको विषयमा उच्च अदालत नेपालगञ्‍ज उच्च अदालतम तुल्सीपुरमा बीमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए ।

बाँकेमा रहेका शिद्धार्थ, शिखर, राष्ट्रिय बीमा संस्थान लगायत २० बीमा कम्पनीहरूले कोरोना बीमा गराए पनि सम्झौता अनुसार बीमा रकम उपलब्ध नगराएपछि समग्र मर्कामा परेका बिमितहरूको हकमा अधिवक्ता विकास आचार्य, नेपालबार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सुनील कुमार श्रेष्ठ, लोक बहादुर अधिवक्ता बसन्त गौतम अधिवक्ता विश्वजीत तिवारी, बल बहादुर चन्द र (इन्सेक) का भोला महतले संयुक्त रुपमा सोमबार परमादेशको रिट दायर गरेका हुन् ।

रिटमा बीमा कम्पनीहरूले सम्झौता गरेअनुसार कोरोना बीमा भुक्तानी गर्न आलटाल गरेको उल्लेख गर्दै सम्झौता अनुसार रकम झुक्तानी गर्न माग गरिएको थियो ।

पहिलो संक्रमणको बेला बीमा गराएका सिमित बिमितले रकम पाए पनि पछिल्लो समय अधिकांश कोरोना संक्रमित बिमित उपभोक्ताले बीमा रकम पाउन सकेका छैनन् ।

प्रकाशित : कार्तिक १६, २०७८ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?