कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

सेयर बजार ५५ अंकले बढ्यो, ९ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि 

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ । ५५.५० अंकले बढेसँगै परिसूचक २८३७ अंकमा पुगेको छ । यस दिन कारोबार रकम पनि बढेको छ । ७ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भयो । 

सेयर बजार ५५ अंकले बढ्यो, ९ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि 

बैंकिङ उपसमूह करिब ३ अंकले घट्यो भने अरु सबै उपसमूह बढेका छन् । ब्यापार १८६, होटल तथा पर्यटन १७३, विकास बैंक ३३८, जलविद्युत १६६, फाइनान्स ९२, निर्जीवन बीमा ६०३, उत्पादन ३१९, अन्य २, माइक्रोफाइनान्स १४२, जीवन बीमा २३० र लगानी समूह २ अंकले बढे ।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर, हिमालय उर्जा, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढ्यो । साहस उर्जा, रैराङ हाइड्रो र कामना सेवा विकास बैंकको मूल्य ९.९ प्रतिशतले बढ्यो । हालै सूचीकृत साहज उर्जाको मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस दिन समग्रमा १६२ कम्पनीको मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो ।


प्रकाशित : कार्तिक १४, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×