कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेवासँगै सयपत्री फूल [तस्बिरहरू]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — वाणगंगा नगरपालिकाको लखनपारामा मेवा खेती गरेका कृषक तिहार नजिकिँदै गर्दा सयपत्री फूलको व्यापार गर्न व्यस्त छन् । मेवा खेतीको प्रतिरक्षा गर्न लगाएका फूलका विरुवा अहिले उनीहरुको अतिरिक्त आम्दानी स्रोत बनेपछि उनीहरु दंग परेका छन् ।

मेवासँगै सयपत्री फूल [तस्बिरहरू]
मेवासँगै सयपत्री फूल [तस्बिरहरू]

तिहारमा सयपत्री फूलको माग अत्याधिक हुने गर्दछ । बजार मूल्यभन्दा सस्तो र रोजीरोजी पाइने हुँदा सर्वसाधारण र व्यवसायी उनीहरुको फर्ममै गएर खरिद गरिरहेका छन् । बजारमा ६ सय रुपैयाँ किलो भएपनि उनीहरुले ४ सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।

मेवासँगै सयपत्री फूल [तस्बिरहरू]

किसानले ३ हेक्टरमा ७ हजार ५ सय फूलका बिरुवा लगाएका छन् । मेवाको रुख छेउमा फूल लगाइएको छ । फूल ढकमक्क फूलेपछि मेवाको बगैंचा फूलले सुन्दर देखिन्छ । साउन अन्त्यतिर लगाइएको फूल कार्तिकको सुरुमा फूलेर बेच्न योग्न बनेका छन् ।

मेवासँगै सयपत्री फूल [तस्बिरहरू]

मेवासँगै सयपत्री फूल [तस्बिरहरू]

मेवासँगै सयपत्री फूल [तस्बिरहरू]

५० हजार लगानीमा गरिएको फुलले अहिलेसम्म ३ लाख बढी आम्दानी गरिएको छ । तिहारसम्म १० लाख बढी आम्दानी गर्ने योजना किसानहरुको रहेको छ । मेवा बगैंचामा १४ लाख बढीका फुल फुलेका छन् । एक करोड लागतमा लुम्बिनी बहुउद्देश्यिय एग्रिकल्चर प्रालिले साढे ५ हेक्टरमा मेवा खेती गरेको छ ।

मेवासँगै सयपत्री फूल [तस्बिरहरू]


प्रकाशित : कार्तिक ११, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?