कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

महिन्द्राको इलेक्ट्रिक अटो ‘ट्रियो’ नेपाली बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक अटो नेपालमा सार्वजनिक गरेको छ । लिथियम–आयोन ब्याट्रीमा सञ्चालित ट्रियो अटोको ‘सफ्ट टप’ भेरियन्ट मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकिएको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने छ ।

महिन्द्राको इलेक्ट्रिक अटो ‘ट्रियो’ नेपाली बजारमा

यो सवारी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । नेपालको केही तराई क्षेत्रमा ट्रियो अटो बिक्री वितरणका लागि बुकिङ सुरु भएको कम्पनीले जनाएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नी इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक २ लाख बचत गर्न सक्ने कम्पनीको दावी छ ।

अटो शुभारम्भ कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिक मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले भने ‘नेपालले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ ।’

ट्रियोले पेट्रोल अटोको तुलनामा ठूलो रकम बचत गरी सवारीधनीको जीविकामा सुधार ल्याउने उनले बताए । जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि ‘हाइड्रोलिक सक एब्जर्भर’ र पछाडि ‘लिफ स्प्रिङ’को प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ ।

पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदान गर्ने कम्पनीको दावी छ । पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमि ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत पर्ने महिन्द्राले जनाएको छ । फूल चार्ज गर्दा आठ युनिट लाग्ने र प्रति युनिट १२ किमिका दरले फूल चार्जमा १२० किमी गुड्ने कम्पनीको दावी छ ।

यसले ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क उत्सर्जन गर्ने छ । कम्पनीका अनुसार प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पीड दिनेछ । मोबाइल चार्ज गरेजसरी घरमै १५ एम्पियर सकेटमा जोडेर यसमा सजिलै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ट्रियो इलेक्ट्रिक तीन वर्ष वा ८० हजार किमी वारेन्टीसहित दिइने छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?