कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्र बैंकद्वारा ५ फाइनान्सलाई कारबाही 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ५ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा स्थलगत सुपरिवेक्षणको आधारमा यी फाइनान्स कम्पनीहरुले तोकिएको मापदण्ड पुरा नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । ती फाइनान्स कम्पनीहरुलाई कारबाहीस्वरुप हर्जाना रकम तिराइएको छ । 

राष्ट्र बैंकद्वारा ५ फाइनान्सलाई कारबाही 

अनिवार्य मौज्दात कायम नगर्दा समृद्धि र गुडविल फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै तोकिएको दरमा विपन्न वर्गको कर्जा प्रवाह गर्न नसक्दा ललितपुर फाइनान्स ३ पटकसम्म कारबाहीमा परेको छ । विपन्न दरकै कर्जामा सिटी एक्सप्रेस फाइनान्स र जानाकी फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै ललितपुर फाइनान्स तोकिएको सिसिडी अनुपातमा मापदण्ड नपुग्दा पनि काराबाहीमा परेको छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?