कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई राहत दिनेबारे छलफल गर्न केन्द्रले बोलायो सातै प्रदेशका कृषि मन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — बेमौसी वर्षापछिको बाढीपहिरोबाट पीडित किसानलाई राहत दिनेबारे सात वटै प्रदेशका कृषि मन्त्रीहरुको भेला हुने भएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा हुने छलफलमा क्षति मुल्याङकन र राहतबारे निर्णय हुने  छ ।

किसानलाई राहत दिनेबारे छलफल गर्न केन्द्रले बोलायो सातै प्रदेशका कृषि मन्त्री

‘किसानलाई राहत दिनेबारे कात्तिक ९ गते बैठक राखेका छौं,’ कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले भने, ‘छलफलमा सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवको सहभागिता रहनेछ । बैठकले क्षति मुल्याङकन र सम्भवत राहतबारे निर्णय गर्छ ।’

प्रारम्भिक अध्ययन अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ मा मात्रै ७ अर्ब रुपैयाँ भन्दा बढीको धानबाली क्षति भएको छ । धान उत्पादन हुने मूख्य पकेट क्षेत्र प्रदेश २ को अझै विवरण आइसकेको छैन । क्षतिको थप विवरण संकलनका लागि केन्द्रबाट आइतबार ७ वटा टोली पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ । टोलीले प्रदेश, स्थानीय तहसँगको सहकार्यमा विवरण संकलन गर्ने जनाएको छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?