कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयनगर–कुर्था रेलका भौतिक संरचना हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — जयनगर–कुर्था खण्डमा भारत सरकारको सहयोगमा निर्माण भएका भौतिक संरचना हस्तान्तरण भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिक मन्त्री रेनुकुमारी यादवलाई संरचनाको कागजात हस्तान्तरण गरेका हुन् । 

जयनगर–कुर्था रेलका भौतिक संरचना हस्तान्तरण

विभागका महानिर्देशक दीपकुमार भट्टराई, नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झा, भारत सरकारका तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनलका रविसाहे र सुरेन्द्र सिंहले संयुक्त रुपमा संरचना हस्तान्तरण गर्ने कागजातमा हस्ताक्षर गरेका थिए ।

विभागका महानिर्देशक भट्टराईका अनुसार पहिलो चरणमा जयनगरदेखि कुर्थासम्मको ३४ दशमलव ९ किलोमिटर दूरीमा निर्माण गरिएका भौतिक संरचना हस्तान्तरण गरिएको हो । रेलको ट्रयाक, स्टेसन बिल्डिङ, सिग्नलिङ इकुपमेन्ट हस्तान्तरण भएको रेल विभागले जनाएको छ । अहिले हस्तान्तरण भएको उक्त खण्ड जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एक हिस्सा हो । जसको दुरी ६८ दशमवल ७२ किमि छ ।

भौतिक संरचना हस्तान्तरण भएपनि अझै रेल सञ्चालनमा आउन सक्ने अबस्था छैन । एक बर्षअघि ल्याइएका दुईवटा रेल सेट अहिलेसम्म पालले छोपेर राखिएको छ । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो । रेल सञ्चालन सम्बन्धी अध्यादेश नआएसम्म रेल चलाउन नसकिने रेल विभागले जनाएको छ ।


प्रकाशित : कार्तिक ५, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?