कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बौद्ध धर्मावलम्बी आकर्षित गर्दै भारत

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतले बौद्ध धर्मावलम्बी पर्यटक आकर्षण गर्न ठूलो लगानी गरिरहेको छ । भगवान् बुद्धसँग जोडिएका स्थानलाई ‘बुद्ध सर्किट’ परियोजनामार्फत विकास तथा यातायातको सहजतासमेत पुर्‍याइरहेको छ ।

बौद्ध धर्मावलम्बी आकर्षित गर्दै भारत

यसै परियोजनाअन्तर्गत उत्तरप्रदेशको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको हो । सन् २०१६ मा नरेन्द्र मोदी नेतृत्वको सरकारले बुद्ध सर्किटको विकासका लागि ३ सय ४३ करोड रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये २ सय ७८ करोड रुपैयाँ खर्च गरिसकेको छ । कुशीनगर विमानस्थल निर्माणमा केन्द्र र उत्तर प्रदेश सरकारको गरेर २ सय ६० करोड रुपैयाँ खर्च भएको छ ।

बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तु दुवै स्थान नेपालमा छन् । बुद्धले शिक्षा लिएको, पहिलो पटक उपदेश दिएकोलगायत कतिपय स्थान भारतको उत्तर प्रदेश र बिहारमा पर्छन् । बुद्धसँग जोडिएका विभिन्न सात ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थल भारतमा छन् । तर बौद्ध धर्मावलम्बी पर्यटकको आगमन भारतमा १ प्रतिशत मात्रै रहेकाले त्यसलाई बढाउन तथा बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकसँगको सम्बन्ध विस्तारको लक्ष्य लिएर पनि भारत सरकारले बुद्ध सर्किट परियोजनालई महत्त्व दिएको हो ।

कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भगवान् बुद्धसँग जोडिएका स्थानको विकास, यातायात कनेक्टिभिटी र श्रद्धालुको सुविधामा सरकारले विशेष ध्यान दिएको बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?