कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजारमा ब्याजदरको असर : ६९ अंक घट्यो नेप्से 

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से ६९.५ अंकले घटेको छ ।

सेयर बजारमा ब्याजदरको असर : ६९ अंक घट्यो नेप्से 

बैंकहरुले बचत तथा मुद्दती खातामा ब्याजदर बढेको सूचना सोमबार सार्वजनिक गरेपछि बजारमा असर परेको हो । मुद्दती खातामा वाणिज्य बैंकले नै ११ प्रतिशतभन्दा बढी ब्याजदरको घोषणा गरेका छन् ।

सोमबारको गिरावटपछि परिसूचक २५८७ अंकमा कायम भएको छ। यस दिन कारोबार रकम २ अर्ब ९६ करोडमा खुम्चिएको छ ।

ब्यापारबाहेक सबै समूह घटेका छन् । सो समूह करिब १९ अंकले बढ्यो। बैंकिङ ३८, विकास बैंक १६६, फाइनान्स ९७, होटल तथा पर्यटन ८७, जलविद्युत १०२ अंकले घटे ।

त्यस्तै लगानी २, जीवन बीमा ३५८, उत्पादन १७६, माइक्रोफाइनान्स १८४, अन्य ३३ र निर्जीवन बीमा समूह ४२७ अंकले घटे ।

जम्मा ४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १८२ कम्पनीको मूल्य घटेको छ ।

यस दिन घलेम्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।


प्रकाशित : कार्तिक १, २०७८ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?