गुण एयरलाइन्सको काठमाडौं-विराटनगर उडान सुरु

काठमाडौँ — गुण एयरलाइन्सले ३0 सिटको जेट्स्ट्रिम जहाजद्वारा आजबाट विराटनगरका लागि नियमित उडान सुरु गरेको छ ।

आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रिमसहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा र नेपालगन्जमा भने नियमित उडान सुरु गरिसकेको छ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सिमरा र सुर्खेतका लागि केही दिनमै उडान भर्नेगरी तयारी गरिएको छ।
प्रकाशित : आश्विन ३०, २०७८ ०७:४३