कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट [पूर्णपाठ]

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज गर्दै मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याइयो
मुटुरोगको उपचारका लागि प्रदेशस्तरको क्याथ ल्याब निर्माण गर्न १० करोड बजेट
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाउँदै ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको प्रतिस्थापन बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा एमालेको बहिष्कारकाबीच बजेट प्रस्तुत गरेका हुन् । 

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट [पूर्णपाठ]

माओवादी रोजेकी दाङकी बिमला खत्री वली र सरकारमा सहभागी भएका स्वतन्त्र प्रदेशसभा सदस्य अजय शाहीलाई कारबाही माग गर्दै एमालेले भदौ १ गतेदेखि लगातार प्रदेशसभा बैठक अवरोध गर्दै आएको छ । सरकारले जबरजस्ती बजेट ल्याउन थालेपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको हो । सरकारले चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ छ ।

त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रकम छ । सरकारले अघिल्लो सरकारले सुरुदेखि नै अघि सारेर लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाएको छ । त्यसको स्थानमा ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ ल्याइएको छ । त्यस्तै सरकारले प्रदेशका मुटु रोगीको उपचारमा सहयोग पुर्‍याउन र मुटुरोग सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरको क्याथ ल्याब निर्माण गर्ने भएको छ । त्यसका लागि १० करोड रकम विनियोजन गरिएको मन्त्री खड्काले बताए ।

बजेटको पूर्णपाठ :

प्रकाशित : आश्विन २०, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?