२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मंगलबार पनि सेयर बजार ओरालो, ११:२५ बजेसम्म नेप्से ४३ अंकले घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार पनि सेयर बजारम गिरावटको क्रम सुरु भएको छ । बजार खुलेदेखि नै घट्न थालेको नेप्से ११:२५ बजेसम्म करिब ४३ अंकले घटिसकेको छ । त्यसपश्चात पनि घट्ने क्रम जारी छ ।

मंगलबार पनि सेयर बजार ओरालो, ११:२५ बजेसम्म नेप्से ४३ अंकले घट्यो

आइतबार र सोमबार नेप्से उच्च अंकले घटेका थियो । जसअनुसार आइतबार करिब ६१ अंक र सोमबार ७३ अंकले बजार घटेको थियो । सेयर बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

बजार खुलेको २५ मिनेटसम्म ४८ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : आश्विन १२, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?