कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६१ अंकले घट्यो नेप्से, साढे ६ अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन उकालो लागेको नेप्से आइतबार ६१.२७ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब २.१७ प्रतिशतले कम हो ।

६१ अंकले घट्यो नेप्से, साढे ६ अर्बको सेयर कारोबार

आइतबार बजार खुलेदेखि नै नेप्से घट्न थालेको थियो । कारोबार अवधिभर नेप्से उतारचढावपूर्ण रह्यो । अन्त्यमा सवा ६१ अंकले घटेपछि समग्र नेप्से २ हजार ७ सय ५८.४८ विन्दुमा ओर्लेको छ ।

सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो । आइतबार ६ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?