कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौं : ऊर्जामन्त्री भुसाल

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरिन् ।

भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौं : ऊर्जामन्त्री भुसाल

ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको मंगलबार शुभारम्भ गर्दै उनले भनिन्, 'घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।' ललितपुरको थेँचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इन्स्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो ।

आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिका लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताइन् । नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराउँदै उनले सो निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास व्यक्त गरिन् । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा ऊर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसका लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताइन् ।

प्रकाशित : आश्विन ५, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×