कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनए समन्वय परिषद् निर्वाचन अनलाइनबाट गर्न प्रस्ताव

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन अनलाइन माध्यमबाट गर्न संघको निर्वाचन समितिले प्रस्ताव गरेको छ ।

एनआरएनए समन्वय परिषद् निर्वाचन अनलाइनबाट गर्न प्रस्ताव

संघ निर्वाचनको आन्तरिक तयारीका लागि गएको जुलाईदेखि जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनलाई नियाल्दै निर्वाचन समितिले आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन अनलाइनबाट गर्ने प्रस्तावअनुसार तयारी भइरहेको जानकारी दिएको हो ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । अहिले ती नामावली अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको संघको भनाइ छ ।

संघले सो परिषद्को निर्वाचन सम्पन्न गर्न अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?