कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ दिनमा १३५ अंक घट्यो नेप्से

काठमाडौँ — पछिल्ला तीन कारोबार दिनमा नेप्से परिसूचक करिब १ सय ३५ अंक घटेको छ । साताका पाँच कारोबार दिनमध्ये तीन दिन नेप्से घट्यो, दुई दिन बढ्यो ।

३ दिनमा १३५ अंक घट्यो नेप्से

दुई दिन बजार बढ्दा करिब ७२ अंक माथि उक्लियो । तीन दिन घट्दा १ सय ३५.४५ अंक तल ओर्लियो । तर गत साताको अन्तिम कारोबार दिनको तुलनामा बिहीबारसम्म समग्र नेप्से करिब साढे ६३ अंक मात्र घटेको देखिन्छ । बिहीबार करिब साढे ७६ अंक घटेर समग्र नेप्से २ हजार ८ सय १२.३९ विन्दुमा बन्द भएको छ । गत बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ७५.९८ विन्दुमा थियो ।

यो साता गत मंगलबारयता हरेक दिन नेप्से परिसूचक घटेको छ । मंगलबार साढे १८ अंक घटेको नेप्से बुधबार ४०.२६ र बिहीबार ७६.६५ अंक घटेको छ । बिहीबार दिनभर सेयर बजार निकै उतारचढावपूर्ण रहयो । बजार खुलेदेखि नै घट्न थालेको नेप्सेले दिनभर नै सोही प्रवृत्ति पछ्यायो । कारोबारको मध्याह्नतिर नेप्से करिब ९० अंक घटिसकेको थियो । त्यसपछि घट्ने दरमा केही कमी आए पनि समग्रमा साढे ७६ अंकले नेप्से ऋणात्मक रह्यो ।

नेप्से धेरै माथि बढिसकेको, राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ, ब्याजदर बढेकोलगायत कारण पछिल्ला दिनमा नेप्से ओरालो लागेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘लगानीकर्ता केही हतोत्साहित भइसकेका छन्,’ उनले भने, ‘पछिल्ला नीतिगत व्यवस्था बजारमा सेयरको आपूर्ति बढाउने खालका छन् ।’ केही दिनयता बजारमा हुँदै आएको आन्दोलन, हुलदंगाले पनि लगानीकर्तामा अन्योल बढाएको छ ।’


प्रकाशित : आश्विन १, २०७८ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?