नेप्सेमा दोहोरो अंकको गिरावट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्सेमा दोहोरो अंकको गिरावट

रासस

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.५४ बिन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ बिन्दुले ओरालो लागेर ५४५.६६ मा ओर्लिएको छ ।

नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजार रुपैयाँको हाराहारीमा रहेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लागेको छ । त्यसमा बैंकिङ ४.१, व्यापार २२.५९, होटल तथा पर्यटन १७.४६, विकास बैंक ६६.८४, जलविद्युत् ३०.८३, वित्त २६.६७, निर्जीवन बीमा २७७.८६, उत्पादन ६७.३९, अन्य ८.७१, लघुवित्त २८.६२, जीवन बीमा १४४.६८, सामूहिक लगानी कोष ०.०३, लगानी ०.७८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड तीन लाख ७० हजार ५२४ बराबर रुपैयाँको कारोबार भयो । यस्तै, रैराङ हाइड्रोपावर २२ करोड ७९ लाख ८१ हजार, युनाइटेड मोदी हाइड्रोपावर २२ करोड ३४ लाख ३२ हजार ६३८, एनआइसी एशिया बैंक १५ करोड ७३ लाख २६ हजार ५६७ र नेशनल हाइड्रोपावर ११ करोड ८७ लाख ८० हजार ६६१ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रैराङ हाइड्रोपावर ५.०४, एनआइबिएल समृद्धि फण्ड एक ३.९४ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ३.४६ प्रतिशतले कमाए ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनी ५.५६, सिटिजन म्यचुअल फण्ड ३.७७, लाइफ इन्स्योरेन्स कम्पनी ३.६४, अजोड इन्स्योरेन्स ३.५० र एनआरएन इन्फास्ट्रक्चरको शेयरधनीले ३.२० प्रतिशतले गुमाए ।

प्रकाशित : भाद्र २९, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

तस्बिरमा हेरौं, सुर्खेत उपत्यका सेरोफेरो

शब्द/तस्बिर : हरिहरसिंह राठौर

काठमाडौँ — देशकै सबैभन्दा ठूलो ताल राराको प्रवेशद्वार सुर्खेतमा अहिले कर्णाली प्रदेशको राजधानी छ । राणाकालमा औंलोको निकै प्रकोप रहने भएकोले खासै बस्ती थिएन । बसोबास र सहरीकरण बढेसँगै यो उपत्यका अहिले सुन्दर बनेको छ । वीरेन्द्र नगरपालिका क्षेत्रमा पर्ने यस उपत्यकामा ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी सन्यासी आदि प्रमुख जातिहरु बसोबास गर्छन् । विभिन्न जिल्लाहरुबाट बसाइँ सरी आएकाले यहाँको चालचलन, रीतिथिति/ संस्कृतिमा समेत विविधता पाइन्छ ।

कर्णाली प्रदेशका अधिकांश जिल्लामा उपभोग्य सामग्रीहरु वीरेन्द्रनगरबाट जाने हुँदा यो पश्चिम नेपालकै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकीय केन्द्रसमेत बन्न पुगेको छ । देशको सन्तुलित विकासको निम्ति भन्दै तात्कालीक चार विकास क्षेत्रमा विभाजन गर्दा वीरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो । साविकको वीरेन्द्रनगरलाई नेपालकै व्यवस्थित गुरुयोजना भएको सहरका रुपमा चिनिएको छ । यस नगरपालिकाभित्र ईसं १२६८ मा निर्माण गरिएको काँक्रे विहार, बुलबुले ताल, देउतीवज्यै मन्दिर प्रशिद्ध छन् ।

प्रकाशित : भाद्र २९, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×