कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौद्रिक नीति मैले रोकेको छैन : अर्थमन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — मौद्रिक नीति जारी गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई कुनै किसिमको हस्तक्षेप नगरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्ट्याएका छन् ।

मौद्रिक नीति मैले रोकेको छैन : अर्थमन्त्री शर्मा

राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले त्यसको दायरा मिच्ने काम नगरेको उनले बताए । मौद्रिक नीति सार्वजनिक गर्न शर्माले रोकेको समाचार आइरहेका बेला उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

‘बजारमा ब्याजदर बढेर नागरिक वित्तीय सेवाबाट वञ्चित हुन नपरोस् भनेर मैले गभर्नरलाई भनेको हुँ,’ बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीसँगको भेटमा मन्त्री शर्माले भने, ‘स्वायत्त संस्था भएकाले कति बेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय राष्ट्र बैंक आफैंले गर्ने हो ।’ कोभिडको वातावरण पहिलेभन्दा फरक नभएकाले अझ सहज कसरी बनाउने भनेर आफूले निर्देश गरेको अर्थमन्त्री शर्माले बताए ।





प्रकाशित : श्रावण १५, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?