कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९

डेढ अर्ब लागतमा कागज उद्योग

कान्तिपुर संवाददाता

काठमाडौँ — महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोड रुपैयाँ लागतमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ । उद्योग स्थापनाका लागि सोमबार आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिज प्रालिको शिलान्यास गरे । 

डेढ अर्ब लागतमा कागज उद्योग

कागज उद्योगमा ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनीलगोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको लगानी छ । आईएमई समूहद्वारा प्रवर्द्धित उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यक सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सकेर उत्पादन सुरु हुने ढकालले जानकारी दिए ।

यस उद्योगले सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्नेछ । साथै एक हजार जनाले रोजगारी पाउने कम्पनीले बताएको छ । ‘फिनिक्स प्रडक्ट’ उत्पादन दिने यो उद्योगबाट नेपालमा आयात हुने गरेको कागज प्रतिस्थापन गर्ने अपेक्षा राखिएको उद्योगले जनाएको छ ।


प्रकाशित : श्रावण १३, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×