कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औा वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत  र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको बताएका हुन् ।

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्नु आवश्यक रहेको पनि बताए । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको भनाइ छ । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगिकीकरण भएको उनले उल्लेख गरे ।

‘उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हाम्रो चुनौती हो । यसलाई बदल्नका लागि नीतिगत, योजनागत रुपमा, कार्यान्वयनका दृष्टिकोणले र प्रतिबद्धताका दृष्टिकोणले एउटा नयाँ संकल्पको आवश्यकता छ, हामीले स्थानीयस्तरमा, प्रदेशस्तरमा साना उद्योगहरुको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगहरुको बीचमा फेरि ठूला उद्योगहरु स्थापना गर्नुपर्ने आवश्यकता छ,' उनले भने, 'औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरीकन हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौं ।’

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुन:स्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए ।

कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनको निम्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष आग्रह गरे।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित : श्रावण ६, २०७८ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?