कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

विकासशील एसियाली मुलुकको आर्थिक वृद्धिदर घट्ने आकलन

काठमाडौँ — विकासशील एसियाली मुलुकको आर्थिक वृद्धिदर केही खुम्चिने एसियाली विकास बैंक (एडीबी) ले आकलन गरेको छ ।

विकासशील एसियाली मुलुकको आर्थिक वृद्धिदर घट्ने आकलन

विकासशील एसियाली मुलुकको आर्थिक वृद्धिदर यो वर्ष ७.२ प्रतिशतमा सीमित हुने एडीबीको अनुमान छ ।

यसअघि अप्रिलमा एडीबीले यी मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत हुने अनुमान गरेको थियो ।

केही मुलुकमा कोभिडको प्रभाव पुन: बढेको र महामारीबाट हुने पुनरुत्थान केही सुस्त भएको भन्दै एडीबीले आफ्नो पूर्वानुमान संशोधन गरेको हो ।

एडीबीले आगामी वर्ष सन् २०२२ मा यी मुलुकको अर्थतन्त्रको वृद्धिदर केही बढ्ने अनुमान गरेको छ । विकासशील एसियाली मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ५.४ प्रतिशत हुने एडीबीको अनुमान छ ।

यसअघि एडीबीले यी मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ५.३ प्रतिशतमा सीमित हुने भनेको थियो ।

प्रकाशित : श्रावण ५, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×